१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना
अ अ+ अ-

काठमाडौं । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी ले यसै वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सफलतापूर्वक सम्पन्न चीनको राजकीय भ्रमणपछि चीन र नेपालबीचको विविध क्षेत्रमा फैलिएको सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई नयाँ गति प्राप्त भएको बताउनुभएको छ ।

चीन–नेपाल सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउँदै चिनियाँ राष्ट्रपतिले अनन्तकालसम्म रहिरहने दुई देशबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले चीन सरकार र त्यहाँका जनताका साथै आफ्ना तर्फबाट समेत नेपाल र नेपाली जनतासहित राष्ट्रपति भण्डारीको सुख सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । यसैगरी कोरियाली राष्ट्रपति मुनले पनि सन्देशमा विविध क्षेत्रमा सहकार्य गर्दै अघि बढेको कोरिया–नेपाल सम्बन्धलाई आपसी लाभका निम्ति भविष्यलक्षित भएर आफू अघि बढ्न तयार रहेको बताउनुभएको छ । दक्षिण कोरियाली जनता र नेपालीबीचको सम्बन्धलाई दुवै देशको हितमा थप प्रगाढ बनाइने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।