१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चाडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाकामा संयुक्त सहायता कक्ष

चाडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाकामा संयुक्त सहायता कक्ष
अ अ+ अ-

धनगढी । नजिकिँदै गएका चाँडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमा नाका गौरीफन्टामा नागरिकको सुरक्षाका लागि दुवै देशका सुरक्षाकर्मीको संयुक्त सहायता कक्ष सञ्चालनमा आएको छ । सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पुर्याउन नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको हो ।

सीमामा आवागमन गर्ने नागरिकलाई पर्ने समस्या समाधानमा सहजीकरण गर्न संयुक्त सहायता कक्ष सञ्चालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि तोकिएको भाडा दरको सूची सीमामा राख्नसमेत विद्युतीय रिक्सा र बस व्यवसायीलाई निर्देशन दिइएको उनले बताए । वडादशैँ तथा तिहार पर्व नजिकिँदै जाँदा गौरीफंटा नाका हुँदै भित्रिने नेपालीको भीड लाग्न थालेको छ ।

उक्त कक्ष सञ्चालनसँगै सीमामा आवागमन गर्ने नागरिक माथि हुने ज्यादती र दुव्र्यवहारका घटना रोकिने विश्वास गरिएको छ । यसैबीच नेपाल र भारतका सीमा सुरक्षा अधिकारीको शनिबार गौरीफंटामा बसेको नियमित बैठकमा सीमा क्षेत्रमा नागरिकको आवागमन सहज बनाउने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने समझदारी भएको थियो ।