३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् ।

पक्राउपर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् । निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ ।

सुटकेशभित्र फल्स बटम बनाई लुकाइछिपाइ लैजान लागेको अवस्थामा नगदसहित फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । रासस