२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद



अ+ अ-

काठमाडौँ। टर्कियेका सुरक्षा निकायले देशभर सञ्चालन गरिएको अवैध अनलाइन जुवाविरुद्धको विशेष कारबाहीका क्रममा ४७ जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।

टर्कियेको आन्तरिक मामिला मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार देशका २३ वटा प्रान्तहरूमा यो छापा मारिएको थियो ।

दक्षिण प्रान्त अदानालाई केन्द्र बनाएर गरिएको यस कारबाहीमा करिव ५ अर्ब टर्किस लिरा (झन्डै १० करोड ८० लाख अमेरिकी डलर) बराबरको वित्तीय कारोबार भएको पत्ता लागेको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरूमा अवैध जुवाका वेबसाइटहरूको नियन्त्रण गर्ने र आपराधिक गतिविधिबाट आर्जित रकम स्थानान्तरणमा मध्यस्थता गर्नेहरू संलग्न रहेको जनाइएको छ ।

प्रहरी कारबाहीका क्रममा संदिग्धहरूसँग सम्बन्धित एउटा नक्कली कम्पनी, २३ वटा आवास, २९ वटा सवारी साधन, १३ वटा जग्गाका कित्ता, ४ हजार ७ सय ४२ वटा बैंक खाता र ६ वटा क्रिप्टोकरेन्सी खातामाथि नियन्त्रण तथा प्रतिबन्धात्मक कदम चालिएको छ ।

टर्कियेमा जुवा खेल्ने कार्यमा कडा कानूनी प्रतिवन्ध रहेको छ । सन् १९९८ मा क्यासिनोहरूमाथि प्रतिबन्ध लगाइएको थियो भने सन् २००६ देखि सबै प्रकारका गैर–सरकारी अनलाइन जुवालाई अवैध घोषणा गरिएको छ । हाल त्यहाँ इदा र मिल्ली पियाङ्गो जस्ता सरकारी स्वामित्वका बेटिङ प्लेटफर्महरू मात्र कानुनी रूपमा सञ्चालित छन् ।

सन् २०२५ मा गरिएको एक राष्ट्रिय सर्वेक्षणअनुसार टर्कियेमा १०.१ प्रतिशत वयस्कहरूले जीवनमा कम्तीमा एक पटक जुवा खेलेको स्वीकार गरेका छन् ।

सोही प्रतिवेदनले १५ देखि २४ वर्षका युवाहरूमा अवैध अनलाइन बेटिङको प्रयोग तिब्र रूपमा बढिरहेको प्रति चिन्ता व्यक्त गरेको छ ।

यसैबीच, टर्कियेको व्यापार मन्त्रालयले अन्ताल्या विमानस्थलमा गरिएको अर्को एक खानतलासीका क्रममा ठूलो परिमाणमा अघोषित नगद बरामद गरेको छ ।

पेरिसबाट टर्कियेको पर्यटकीय सहर अन्ताल्या आएका एक यात्रुको हाते झोला जाँच गर्ने क्रममा बच्चाले लगाउने ६ वटा डायपरभित्र लुकाइएको अवस्थामा ३ लाख ८१ हजार ७५० युरो फेला परेको हो ।

उक्त घटनाका सम्बन्धमा सरकारी अभियोजकहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् । टर्कियेको नियमअनुसार नगद ल्याउन कुनै कानूनी सीमा तोकिएको नभए पनि १० हजार युरोभन्दा बढी रकम साथमा भएमा भन्सार आगमनका क्रममा घोषणा गर्नुपर्ने अनिवार्य प्रावधान रहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल