२ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि



अ+ अ-

सियोल। दक्षिण कोरियाको समायोजित वास्तविक कुल गार्हस्थ उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्याङ्कले मंगलबार देखाएको छ ।

यो प्रारम्भिक १.७ प्रतिशत अनुमानभन्दा उच्च हो र सन् २०२० को तेस्रो त्रैमासिकपछि सबैभन्दा तीव्र वृद्धि हो ।

दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार निर्यातमा आएको मजबुत वृद्धि, विशेषगरी सेमिकन्डक्टरको उच्च मागका कारण आर्थिक वृद्धिलाई प्रमुख रूपमा सहयोग पुगेको हो । यस अवधिमा निर्यात ५.९ प्रतिशतले बढेको छ भने आयात ३.९ प्रतिशतले वृद्धि भएको छ ।

निजी उपभोग ०.६ प्रतिशतले बढेको छ भने सरकारी खर्च ०.४ प्रतिशतले घटेको देखिएको छ । गानी क्षेत्रतर्फ हेर्दा उपकरण लगानी ६.६ प्रतिशतले र निर्माण लगानी १.४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै नाममात्र कुल राष्ट्रिय आय पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ११.० प्रतिशतले बढेको छ, जसले देशभित्र र बाहिर कमाइ हुने कुल आयलाई जनाउँछ ।

मूल्य परिवर्तन मापन गर्ने डिफ्लेटर पनि सोही अवधिमा १२.९ प्रतिशतले बढेको बैंकले जनाएको छ ।  (रासस/सिन्ह्वा)