३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु



अ+ अ-

काठमाडाैँ । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलो पटक दुई अत्याधुनिक उपचार सेवा- हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सञ्चालनमा ल्याएको छ। यी दुवै उपचार पद्धतिले बिरामीको रगतमा रहेका हानिकारक तत्वहरू हटाएर शुद्ध रगत पुनः शरीरमा प्रवाह गर्ने काम गर्छन्।

हेमोपर्फ्युजन उपचार पद्धतिमा बिरामीको रगतलाई विशेष फिल्टरमार्फत प्रवाह गराई विष, हानिकारक औषधि तथा विभिन्न रासायनिक पदार्थहरू हटाइन्छ। यो विधि विशेषगरी विषाक्तता (पोइजनिङ), ड्रग ओभरडोज तथा गम्भीर संक्रमण (सेप्सिस) भएका बिरामीहरूको उपचारमा प्रभावकारी मानिन्छ।

त्यसैगरी, प्लाज्माफेरेसिस उपचार प्रक्रियामा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी तथा विषाक्त पदार्थ छुट्याएर हटाइन्छ। यो उपचार मुख्यतः स्नायु सम्बन्धी रोग तथा मिर्गौला सम्बन्धी जटिल समस्या भएका बिरामीहरूको उपचारमा प्रयोग गरिन्छ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा. दीपक पौडेलका अनुसार, यी सेवा सञ्चालनमा आएपछि पूर्वी नेपालका बिरामीहरूले उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

डा. पौडेलले यी अत्याधुनिक उपचार सेवाको सुरुवातसँगै स्थानीय तथा पूर्वी नेपालका बिरामीहरूले विश्वस्तरीय उपचार सेवा स्वदेशमै प्राप्त गर्ने अवसर पाउने बताउनुभयो। साथै, यसले बिरामीहरूको आर्थिक तथा शारीरिक बोझ समेत घटाउने विश्वास गरिएको छ।