२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारको याङ्गुनमा नयाँ शैक्षिक सत्र शुरुः ९ लाख ४९ हजारभन्दा बढी विद्यार्थी विद्यालय फर्किए



अ+ अ-

काठमाडौँ। म्यानमारको याङ्गुन क्षेत्रमा सोमवारदेखि शैक्षिक सत्र २०२६–२०२७ को औपचारिक शुरुवात भएको छ ।

नयाँ शैक्षिक सत्रको पहिलो दिन ९ लाख ४९ हजार ४४१ विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको सरकारी सञ्चारमाध्यम ‘ग्लोवल न्यू लाइट अफ म्यानमार’ ले मंगलबार जनाएको छ ।

प्राप्त विवरणअनुसार, याङ्गुन क्षेत्रका २ हजार ७१७ आधारभूत विद्यालय, ३७८ निजी विद्यालय र २३१ गुम्बा विद्यालयहरूमा गरी कूल ८०.८३ प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ ।

अघिल्लो शैक्षिक सत्रमा सो क्षेत्रका विद्यालयहरूमा १० लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अधिकारीहरूले हाल जारी विद्यार्थी भर्ना अभियानमार्फत यस शैक्षिक सत्रमा विद्यार्थीको कुल संख्या १२ लाख पु¥याउने लक्ष्य राखेका छन् ।सिन्ह्वा/न्युज एजेन्सी नेपाल