२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेन्झाउ–२१ का तीनैजना चिनियाँ अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता, अन्तरिक्षमा नयाँ कीर्तिमान कायम



अ+ अ-

काठमाडौँ। चीनको शेन्झाउ–२१ अभियानमा संलग्न तीनैजना अन्तरिक्ष यात्रीहरू शुक्रवार सफलतापूर्वक पृथ्वीमा फर्किएका छन् ।

शेन्झाउ–२२ स्पेसशिपको रिटर्न क्याप्सुलमार्फत उनीहरू सुरक्षित रूपमा अवतरण गरेका हुन् । यस अभियानसँगै चिनियाँ अन्तरिक्ष यात्रीको टोलीले अन्तरिक्षमा सबैभन्दा लामो समय बिताएको नयाँ कीर्तिमान समेत कायम गरेको छ ।

अन्तरिक्ष यात्रीहरू झाङ लु, वु फेई र झाङ होङझाङ सवार उक्त क्याप्सुल उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा अवस्थित डोङफेङ अवतरण स्थलमा उत्रिएको थियो ।

क्याप्सुलबाट बाहिर निस्किएका तीनैजना यात्रीहरूको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् ।

यस सफल अवतरणसँगै चीनको मानवयुक्त अन्तरिक्ष महत्वाकाङ्क्क्षामा अर्को एउटा महत्वपूर्ण इँटा थपिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल