२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक मेलाको १५ हजारले गरे अवलोकन



अ+ अ-

भक्तपुर। ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ नाराका साथ शुक्रबारदेखि यहाँ सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेलाको पहिलो दिन १५ हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेका छन् ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको दुईदिने मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले सरकारले युवा रोजगार प्रबद्र्धनमा महासङ्घसँग साझेदारीमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहहरुले युवा स्वरोजगारमूलक तालिम महासङ्घमार्फत सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितले भक्तपुरको कला, संस्कृति र पहिचानलाई मेलाले अझै उत्कृष्ट बनाउने बताउनुभयो । भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउनु मेलाको उद्देश्य रहेको छ ।

सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिनसम्म आयोजना हुने मेलाको करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाका संयोजक एवं सङ्घका कोषाध्यक्ष रञ्जित मारिखुले जानकारी दिनुभयो ।

मेलामा मौलिक हस्तकलाका उत्पादन, कृषि उत्पादन, नेपाली हाते एवं तानको तयारी पोशाक, बालबालिकाका खेलौना, छालाका सामान, गरगहना, सौन्दर्य तथा श्रृङ्गारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, लत्ताकपडा, जुत्ता, रैथाने तथा अर्गानिक खाद्य सामग्रीलगायतका ४८ कक्ष रहेका मेलाका मिडिया संयोजक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो । रासस