२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा अतिक्रम गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने



अ+ अ-

दाङ।  इलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता श्रेस्ता भएको नक्सा नम्बर ५ (घ) कित्ता नम्बर २६८३ (ज)को १८६२.४६ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका संरचना स्थानीयले हटाउन लागेका हुन् । उनीहरुले १५ दिनभित्र आफै जग्गा खाली गर्ने बताएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष पर्साराम वलीको अध्यक्षतामा  बसेको आजको बैठकले अतिक्रमित गरी बनाईएका घरटहराहरु घरधनी आफैले खाली गर्ने निर्णय गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार उक्त जग्गामा नौ वटा घर निर्माण भएका छन् । रासस