२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु



अ+ अ-

गोरखा। गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक मजदुरको मृत्यु भएको छ ।

गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको उहाँको भनाइ छ । दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

हाइड्रो निर्माणस्थलमा रहेको अन्दाजी २० मिटर अग्लो पर्खालबाट यादव अचानक तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस