३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलः नेपाल भारतसँग पराजित



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा भारतसँग नेपाल ३–२ सेटले पराजित भएको हो । प्रतियोगितामा खेलको पहिलो सेट नेपालले जित्यो । त्यसपछि लगातार दुई सेट गुमाएको नेपालले चौथो सेट आफनो पक्षमा पा¥यो तर खेलको पाँचौ तथा अन्तिम सेटमा पराजित हुन पुग्यो ।

पहिलो सेटमा २५–२० ले जितेको नेपालले त्यसपछि लगातार दुई सेट २५–२० र २५–१९ ले पछि प¥यो । खेलको चौथो सेटमा नेपालले २५–२१ ले आफनो पक्षमा पारेपनि त्यसपछिको पाँचौ तथा अन्तिम सेट भारतले १५–९ ले जित्यो र नेपाल भारतसँग सँग पराजित हुन पुग्यो ।

घरेलु दर्शककको भरपुर साथ पाएको नेपालको खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारतसँगै कीर्गिस्तान र माल्दिभ्स छन् ।

त्यस्तै समूह ‘बी’मा श्रीलंका, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । आजै सम्पन्न अर्को खेलमा इरानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको छ । रासस