३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दर्जन बढी स्थानीय तहले २०७५/७६ देखिकै लेखापरीक्षण गराएका छैनन्ः महालेखा परीक्षक राया



अ+ अ-

काठमाडौँ। महालेखा परीक्षक तोयम रायाले १५–१६ वटा स्थानीय तहहरूले आर्थिक वर्ष २०७५/७६ देखिकै लेखापरीक्षण नगराएको बताउनुभएको छ ।

शुक्रवार सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले एकदर्जन बढी स्थानीय तहहरु अझै पनि जिम्मेवार बन्न नसकेको बताउनु भयो । उहाँकाअनुसार उनीहरुले लामोसमय लेखापरीक्षण नगराउदा परदर्शीता र सुशासनमाथि प्रश्न उठेको छ ।

यसबारे महालेखाको हालैको प्रतिवेदनमा समेत प्रश्न उठाइएको बताउनु भयो । उहाँले राजश्व वक्यौता ठूलो देखिनुको कारण कर निर्धारण भइसकेर पनि उठ्न बाँकी रहेको र कतिपय विषयहरू अदालतमा विचाराधीन रहेका कारण असुलीमा ढिलाइ भएको बताउनु भयो ।

महालेखा परिक्षक रायाले वैदेशिक अनुदान र ऋणको शोधभर्ना समयमा नलिँदा राज्यलाई दोहोरो आर्थिक भार परेको बताउनु भयो ।

उहाँकाअनुसार सरकारले शुरुमा आन्तरिक ऋण वा ढुकुटीबाट खर्च गर्ने र पछि दातृ निकायबाट सोधभर्ना माग्ने प्रक्रियामा ढिलाइ हुँदा एकातिर ‘कमिटमेन्ट फि’ तिर्नुपर्ने र अर्कोतिर आन्तरिक ऋणको ब्याज तिर्नुपर्ने अवस्था रहेको छ ।

हाम्रो ढुकुटी अहिले पनि ऋणात्मक रहेको र यस्तोमा सोधभर्ना तुरुन्त लिनुपर्ने पैसा हा तर समयमै नलिदाँ शोधभर्ना ठूलोमात्रमा देखिने गरेको बताउनु भयो ।

महालेखा परीक्षक रायाले भन्नुभयो–‘स्थानीय तहले २०७५–७६ देखि नै अडिट गराएका छैनन् । उनीहरुको अडिट गर्ने रकम यति बाँकी छ भनेर भनेका छौँ, त्यो चाहिँ बेरुजु होइन, तर अडिट नै भएको छैन भनेर भनेको हो ।

त्यो करिब–करिब १५–१६ वटा स्थानीय तहको हो ।  हाम्रो त्यो प्रतिवेदनमा उल्लेख भएको छ । त्यसैगरी, यो राजश्व वक्यौता भनेको कस्तो हुन्छ भने कर कार्यालयले कर परीक्षण गरिसकेपछि कर निर्धारण गर्छन् अनि कर निर्धारण गरिसकेपछि त्यो बाँकी भनेर राख्छन्, त्यो उठेको छैन । कर नउठ्नुको कारण एउटा त्यसरी निर्धारण भइसकेपछि केही विषय अदालतमा मुद्दाको रूपमा गएका हुन्छन् । त्यो थाँती रहेको हुन्छ र केही विषय मुद्दाको रूपमा नगए पनि उठ्न बाँकी छ । त्यस्तो रकम पनि ठुलो छ ।  केही पैसा चाहिँ हामीले वैदेशिक ऋण लिएर विभिन्न संस्थाहरूलाई लगानी गरेका हुन्छौँ । लगानी गरेको सर्टेन समयभित्र हामीलाई साँवा–ब्याज फिर्ता गर्नुपर्ने हुन्छ । त्यो पैसा फिर्ता नभएको पैसा रहने गरीको छ ।’

महालेखा परीक्षक रायाले लेखापरीक्षण सेवाका कर्मचारीहरूको व्यवस्थापनमा समेत कानूनी र व्यावहारिक जटिलता रहेको बताउनु भयो । उहाँकाअनुसार कर्मचारीहरू महालेखा परीक्षकको कार्यालयमा काम गर्ने भएपनि उनीहरूको सेवा सञ्चालन अर्थ मन्त्रालयले गर्ने र कार्यसम्पादन मूल्यांकन मुख्य सचिवले गर्ने व्यवस्थाले काममा बाधा पुगेको छ । यस विषयमा थप छलफल आवश्यक रहेको र यसले प्रत्यक्ष रूपमा अडिटको गुणस्तरमा असर पार्ने उहाँको भनाइ छ ।

अडिटरहरूको निष्ठा र कार्यक्षमतामा कुनै सम्झौता नहुने स्पष्ट पार्दै रायाले  अडिटरहरूले कसैले पनि गलत काम गरे खबर गर्न समेत सांसद्हरुलाई आग्रह गर्नुभयो ।

आफ्नो कार्यालयको खर्च र पारदर्शितामा उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले महालेखा परीक्षकको कार्यालयले वार्षिक ७० हजार पृष्ठभन्दा बढीको प्रतिवेदन वेबसाइटमार्फत सार्वजनिक गर्ने गरेको र त्यसमा सबै कार्यालयको खर्चको विवरण पारदर्शी रूपमा राखिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल