३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिमा सञ्चारकर्मीलाई निषेध गरिएकोप्रति काँग्रेसको आपत्ति



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा विस्थापित सुकुम्बासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी बनेपा)को स्थलगत अनुगमनसम्बन्धी छलफल भएको थियो । उक्त छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति काँग्रेसले आपत्ति जनाएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै समिति सदस्य समेत रहनुभएका नेपाली काँग्रेसका सांसद अुर्जननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गर्नु पारदर्शिताविपरीत भएको बताउनु भयो । उहाँले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंगलाई बैठकमा सहभागि नगराउनु एकदमै आपत्तिजनक विषय भएको भन्दै अब बस्ने समितिको बैठकमा यो विषयलाई गम्भीरतापूर्वक उठाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बनेको होल्डिङ सेन्टरको प्रतिवेदन र विपद् व्यवस्थापनको विषयमा छलफल भयो । यी दुई वटै विषयमा छलफल भइरहेको छ । सञ्चारकर्मीहरुलाई निषेध गर्ने कुरा गम्भीर  हो । यस विषयमा म अब बस्ने बैठकमा गम्भीरताका साथ उठाउँछु । प्रेसलाई खुला रुपमा छोड्नुपर्छ । छलफलमा कसको के हो विचार हो जनताले जस्ताको त्यस्तै थाहा पाउनुपर्छ भन्ने पक्षमै छु म ।’

राज्य व्यवस्था तथा सुशासन समिति प्रशासन, सुशासन, सार्वजनिक सेवा र कानूनी संरचनासम्बन्धी विषयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने संसदीय निकाय भएको कारण सञ्चारमाध्यमको सहभािगता अझै सहज बनाउनुपर्नेमा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल