१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
अ अ+ अ-

काठमाडौं ।  उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिम लगायतका विषयमा महत्वपूर्ण संवाद भएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, पारस्परिक समझदारी तथा सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध कायम रहिआएको बताउनुभयो ।

उहाँले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता अवसरहरूको पहिचान तथा उपयोगमार्फत दुवै मुलुकले पारस्परिक लाभ हासिल गर्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकोमा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै, नेपाली विद्यार्थी तथा पेशाकर्मीहरूका लागि छात्रवृत्ति, व्यावसायिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई इजरायलले निरन्तरता प्रदान गर्दै आएकोमा नेपालले उच्च मूल्यांकन गरेको बताउनुभयो ।

‘शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिम लगायतका क्षेत्रमा इजरायलले पुर्याउँदै आएको सहयोग प्रशंसनीय छ’ उहाँले भन्नुभयो, ‘विशेषतः कृषि प्रविधि, अनुसन्धान तथा क्षमता विकासमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा खाद्य सुरक्षामा रूपान्तरणकारी भूमिका खेल्न सक्छ ।’

उपराष्ट्रपति यादवले दुवै देशका विश्वविद्यालय, अनुसन्धान संस्थान तथा नवप्रवर्तन प्रणालीबीच सहकार्यका अपार सम्भावना रहेको उल्लेख गर्नुभयो ।

नेपाल–इजरायलले संयुक्त राष्ट्रसंघलगायत विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निकट सहकार्य र सहयोगको परम्परा कायम राख्दै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा पनि यस्तो रचनात्मक सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिम एशियाको विकसित परिस्थितिलाई नजिकबाट अवलोकन गरिरहेको नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको र शान्ति, स्थायित्व तथा पारस्परिक समझदारी प्रवर्धन गर्ने प्रयासलाई निरन्तर समर्थन गर्दै आएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले इजरायलसँगको सम्बन्धलाई उच्च महत्व दिँदै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो तथा विस्तारित बनाउन नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले इजरायलको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा इजरायल सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

इजरायली महामहिम राजदूत बासले नेपाललाई कृषि, माहुरी पालन, माछापालन लगायतका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् धेरै नेपालीहरुले सीप सिकेर नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालीहरुका लागि ‘वर्क अपच्र्युनिटी’ प्रदान गर्न इजरायल इच्छुक रहेको स्पष्ट गर्नुभयो । साथै, नेपाललाई विभिन्न क्षेत्रमा प्राविधिक सहयोग गर्ने चाहना इजरायलको रहेको बताउनुभयो ।