१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

इन्डोनेसियामा पहिरो जाँदा नौ जनाको मृत्यु

इन्डोनेसियामा पहिरो जाँदा नौ जनाको मृत्यु
अ अ+ अ-

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा सञ्चालित एक सुन खानी नजिकै गएको पहिरोमा परी नौ जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकहरुको शव खोजीकर्ताहरूले बरामद गरी सकेको छ । पश्चिम सुमात्राका प्रहरी प्रवक्ता सुस्मेलावती रोसियाले इन्डोनेसिकाको सिजुन्जुङ जिल्लामा बिहीबार सुन खानी नजिकैको चट्टान ढलेर पहिरो जाँदा तीन मिटर टाढा काम गरी रहेका खानी मजदुरहरूको समूहलाई पुरेको बताउनु भएको छ ।

प्रहरीका अनुसार यो स्थान एउटा अवैध सुनको खानी हो । पहिरो जाँदा अन्य तीन जना खानी मजदुरहरु भाग्न सफल भएको पनि उहाँले बताउनुभएको छ । प्रहरी तथा स्वयंसेवकहरूको समुहले पीडितहरूको खोजी गर्न भारी उपकरणहरू प्रयोग गरेर उद्धार अभियान निरन्तर जारी राखेको जनाएको छ ।

खनिजले धनी दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा इजाजतपत्र नभएका खानीहरू सञ्चालन हुने गरेको जनाइएको छ । ती खानीहरुमा स्थानीयहरू आकर्षित हुने गरेको र उचित सुरक्षा उपकरणहरू प्रयोग नगरी सुनको खोजीमा तल्लिन रहने गरेको जनाइएको छ ।

इन्डोनेसियामा विशेष गरी मनसुनी मौसममा कारण खानी जन्य दुर्घटनाहरू हुने गरेको जनाइएको छ , भने आगमी दिनमा अनुसन्धान गरी यस्ता खानीहरु बन्द गर्नको लागि प्रहरी परिचालन गरि सकेको सुस्मेलावतीले बताउनुभएको छ । उहाँका अनुसार सबै मृतकहरूको पहिचान गरि सकिएको छ ।

स्थानीय वातावरणीय समूह वाल्हीले सन् २०१२ देखि पश्चिम सुमात्रामा मात्रै अवैध सुन खानीमा भएका दुर्घटनाका कारण कम्तीमा ४८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।

“सिजुन्जुङ रिजन्सीको अवैध सुनको खानीमा भएको घटनाले वातावरण विरोधि कार्य र अवैध खनन अभ्यासहरूबाट आफ्ना नागरिकहरूलाई जोगाउन राज्य असफल भएको उक्त समूहले जनाएको छ ।

गत वर्ष पश्चिम जाभा प्रान्तको सिरेबोन सहरको चुनढुङ्गाको खानीमा दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ । यसै गरी सन् २०२४ मा इन्डोनेसियाको मध्य टापु सुलावेसीको अवैध सुनको खानी नजिकै पहिरो जाँदा कम्तीमा २३ जनाको मृत्यु भएको जनाइएको छ ।