२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु



अ+ अ-

काठमाडौं । लमजुङमा मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको छ ।

बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मोटरसाइकल चालक २० वर्षीय विकेश तामाङ घाइते भएका छन् । निजको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार जारी छ ।