१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाः पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताउनुभयो ।

“अब आवश्यकताअनुसार बजेट विनियोजन होस्, पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस्”, सांसद पुनले भन्नुभयो ।

विकसित मुलुकले कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म बजेट अनुसन्धान र विकासका क्षेत्रमा खर्च गरिने दृष्टान्त दिँदै उहाँले अन्यन्त न्यून बजेट व्यवस्था गरेर वैज्ञानिक अनुसन्धानमा फड्को मार्न नसकिने धारणा राख्नुभयो । सांसद पुनले शिक्षकको दरबन्दी बढाएर सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।