३१ श्रावण २०८३, आईतवार
,
Latest
वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै



अ+ अ-

काठमाडाैँ । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप दिइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप सप्ताह कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप प्रदान गर्न थालेको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

“खोप सप्ताहमा नियमित खोप लगाउन बाँकी बालबालिकालाई खोजेर खोप दिँदैछौँ,” उहाँले भन्नुभयो, “अभिभावकलाई नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकलाई खोप लगाउन आग्रह गर्दछौँ ।” ‘खोज र खोप लगाऊ’अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने उहाँले जानकारी दिनुभयो । शाखा प्रमुख डा गौतमका अनुसार नेपालमा अहिले ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप लगाएका छैनन् भने एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयसेविका परिचालन गरी छुट खोप भएका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्य भइरहेको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई ती खोप लगाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६ दशमलव पाँच प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा–रुवेलाको सङ्क्रमण देखापरेकाले मन्त्रालयले छुटेका बालबालिकालाई खोप दिन थालेको हो ।




भर्खरै