१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
अ अ+ अ-

काठमाडाैँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब रु २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो । जसमा क्लिया मेसिन र पिटी÷आइएनआर मेसिन रहेका छन् । क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर (सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा गिरीले जानकारी दिनुभयो । त्यसैगरी, पिटी÷आइएनआर मेसिनले रगत जम्नेसम्बन्धी र मुटुरोगी तथा सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ । त्यसैगरी, भरतपुर चितवनस्थित लोयल ट्रेडर्सले करिब रु २० लाख मूल्यका उपकरण उपलब्ध गराएको छ ।

जसअन्तर्गत पूर्ण रुपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ । बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गरिन्छ । यसैगरी, ‘सिविसी एनालाइजर’ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकले सामान्यदेखि विशेष स्वास्थ्य परीक्षणका लागि पोखरा, चितवन वा काठमाडौँ धाउन नपर्ने बताउनुभयो । उहाँका अनुसार अत्याधुनिक उपकरण जडानसँगै अधिकांश परीक्षण सेवा अब बन्दीपुरमै उपलब्ध हुनेछ ।

त्यस्तै, गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उपकरण सहयोगले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले बन्दीपुरसहित तनहुँका भानु, व्यास, आँबुखैरेनी पालिका, गोरखा र लमजुङका नागरिकले समेत स्वास्थ्य सेवा लिनसक्ने बताउनुभयो । बन्दीपुर अस्पतालमा पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य सेवा लिएका छन् ।

हरेक दिन बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन भइरहेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवाका कारण बिरामीलाई उपचारमा थप सहज भएको अस्पतालले स्पष्ट गरेको छ । हाल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको अस्पतालमा आँखा, प्रसूति, दाँत, प्रयोगशाला, ‘फार्मेसी’लगायत सेवा प्रवाह हुँदै आएको छ । विसं २०२२ साल स्थापना भएको बन्दीपर अस्पतालको निर्माणाधीन नयाँ भवन तयार भएसँगै सेवा विविधीकरण गरी गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल प्रतिबद्ध रहेको सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो ।