३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने छोरीबुहारीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अभावका कारण कोही पनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यविधि बनाएर नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको हो ।

उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।

“यो शैक्षिक शत्रका लागि पालिकाले सुचना आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष एमबिबिएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने कोही विद्यार्थी सम्पर्कमा आउनुभएन् ।” शिक्षा शाखाका अनुसार छोरीबुहारी उच्च शिक्षाछात्रवृत्ति कार्यक्रमबाट  हालसम्म पाँच जनाले अध्ययन गरिरहेका छन् ।

आव २०७९/८० मा तीन जना छोरी बुहारीले छात्रवृत्तिबाट साधारण धारतर्फका विषयमा अध्ययन गरेका छन् । त्यसैगरी आव २०८०/८१ म दुई जनाले उक्त छात्रवृत्तिबाट अध्ययन गरिरहेका हुन् ।

एमबिबिएर र इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु सम्पर्कमा नआएपछि गत वर्ष बजेट फ्रिज भएको थियो । चालु शैक्षिक शत्रका लागि पनि पालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

एमबिबिएस अध्ययन गर्ने दुई जनालाई प्रतिव्याक्ति रु दुई लाख, इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई रु एक लाख र अन्य विषय अध्ययन गर्ने छ जनालाई रु ५० हजार हरेक आवमा छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाले जनाएको छ । रासस