११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको दोस्रो महामन्त्रीमा भूपदेव शाह अनुमोदित, सांसदहरूको लेभी घटाइयो



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठकले पार्टीको दोस्रो महामन्त्रीका रूपमा भूपदेव शाहको मनोनयनलाई अनुमोदन गरेको छ ।

पार्टी कार्यालयमा सम्पन्न बैठकले महामन्त्रीसँगै नयाँ सचिवालय सदस्यहरूको चयन र सांसदहरूले बुझाउने लेभीमा परिमार्जन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

बैठकले सचिवालयले आईतवार गरेको निर्णयहरूलाई पारित गरेको छ । जसमा केही समिति र विभागहरूमा सदस्य थप गर्ने निर्णय भएको छ ।

विशेष गरी सांसदहरूले बुझाउने मासिक लेभीमा परिमार्जन गरिएको छ । १६ हजार ५ सय सांसदहरूले तिर्नुपर्नेबाट त्यसलाई १५ हजारमा घटाइएको छ भने मन्त्रीहरूको हकमा १८ हजार यथावत राखिएको छ । स्वकीय सचिवहरूले पनि पार्टीप्रति लगाव राखुन् भनेर उनीहरूले पाउने सुविधाबाट मासिक २ हजार रुपैयाँ दिनुपर्ने निर्णय भएको छ ।

यसैगरी, केन्द्रिय सदस्य तथा निर्वाचित सांसद सागर ढकाल र सरिता ज्ञवालीलाई केन्द्रिय सचिवालय सदस्यमा थप गरिएको छ । उहाँहरू दुईजनाको शपथ ग्रहण कार्यक्रम समेत आजै सम्पन्न हुनेछ । नवनियुक्त महामन्त्री भूपदेव शाहलाई आगामी महाधिवेशन र निर्वाचन लक्षित समितिहरू बनाउने जिम्मेवारी दिइएको छ ।

बैठकमा गृहमन्त्री र छानबिन समितिका विषयमा भने कुनै औपचारिक छलफल भएन । प्रवक्ता झाले समाचार माध्यममा आएका विषयहरूबारे पार्टी नेतृत्व सचेत रहे पनि ठोस प्रश्ताव र एजेन्डा नभई निष्कर्षमा पुग्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले ‘राइट टु रिकल’ को अधिकार नेतृत्वसँग हुने भन्दै पार्टी प्रक्रियाअनुसार अगाडि बढ्ने बताउनु भयो ।

पार्टीले अहिले आफ्नो संगठनलाई बलियो बनाउने र महाधिवेशनमार्फत वैधानिक रूपमा अझ शक्तिशाली बनाउने लक्ष्य राखेको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै