११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले वैशाख १५ गतेदेखि पार्टीको जिल्ला अधिवेशन सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यसबारे जानकारी दिनुभएको हो । बैठकले यसका लागि जिल्ला अधिवेशन कार्यविधि समेत स्वीकृत गरिसकेको उहाँले बताउनु भयो ।

महामन्त्री बुर्लाकोटीकाअनुसार रास्वपाले ७७ मध्ये ७६ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ भने डोल्पामा गठनको प्रक्रिया जारी छ ।

हालसम्म ४ सय ६० पालिकामा समिति बनेको रेकर्ड प्राप्त भएको र करिव २५ सय वडाहरूमा समिति गठन भइसकेको पार्टीले जनाएको छ । बैठकले केन्द्रिय नीति विचार विभागमा संस्थापक केन्द्रिय सदस्य महेश्वर घिमिरे र सांसद सुशान्त वैद्य मनोनित गरेको छ ।

केन्द्रिय प्रशिक्षण विभागमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमल्सिना र सुजन कुमार श्रेष्ठ गरी ६ जना सदस्य मनोनित गरेको बुर्लाकोटीले बताउनु भयो । केन्द्रिय सङ्गठन विभागमा कमल खनाल (रुपन्देही), तोरण विक (सुर्खेत) र उदय सापकोटा (रौतहट) मनोनित गरेको छ ।

प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा सचिवालय सदस्य दीपकराज बोहोरा नियुक्त गरेको छ । यसअघि डोलप्रसाद अर्याल यस विभागको प्रमुख हुनुहुन्थ्यो ।

यस्तै, बैंक खाता सञ्चालनमा उपसभापतिको हस्ताक्षरको सट्टा महामन्त्रीको हस्ताक्षर रहने गरी आन्तरिक कार्यविधिमा परिवर्तन गरिएको छ । रास्वपाले देश र विदेशमा रहेका विभिन्न क्षेत्रका विज्ञहरूलाई पार्टीमा ‘इनपुट’ दिनका लागि औपचारिक आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टी महाधिवेशनको तयारीका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गरिएको छ ।

गएको निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका ४० वटा निर्वाचन क्षेत्रमा नागरिकका समस्या सुन्न र समन्वय गर्न समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । यसबाट १६५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका सांसदले प्रतिनिधित्व गर्ने वातावरण सुनिश्चित हुने पार्टीको विश्वास छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बजारको महँगीका विषयमा सरकार र पार्टी गम्भीर रहेको बताउनु भयो । नेपालको भण्डारण क्षमता कम हुनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु मुख्य कारण रहेको उहाँको तर्क थियो ।

सीमा क्षेत्रमा घरायसी सामान ल्याउँदा देखिएको समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको र छिट्टै सहज बनाइने उहाँले जानकारी दिनुभयो ।

रास्वपाको केन्द्रिय समितिको बैठक वैशाख ७ गते दिउँसो ३ बजेका लागि तय गरिएको छ । –न्युज एजेन्सी नेपाल