१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

उपल्लो मुस्ताङमा वन्यजन्तु पीडितलाई राहत वितरण

उपल्लो मुस्ताङमा वन्यजन्तु पीडितलाई राहत वितरण
फाइल तस्वीर
अ अ+ अ-

मुस्ताङ।  मुस्ताङस्थित उपल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले तीन किस्ता गरी वन्यजन्तुबाट भएको क्षति राहत रकम उपलब्ध गराएको जनाएको छ ।

एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट पशुधनमा भएको क्षतिको राहत रकम रु ३५ लाख ९९ हजार तीन चरणमा गरी सम्बन्धित पीडित किसानको बैंक खातामा पठाएको जनाइएको छ । उपल्लो मुस्ताङमा हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट स्थानीय पशुपालक किसानको पशुचौपाया क्षति हुने गरेको एक्यापको तथ्याङ्कले देखाउँछ ।

आव २०८०/०८१ मा उपल्लो मुस्ताङमा हिउँचितुवा र ब्वाँसोबाट क्षति भएका वन्यजन्तु पीडित पशुपालक किसानलाई एक्याप लोमान्थाङ कार्यालयबाट रु १९ लाख पाँच हजार राहत रकम उपलब्ध गराएको थियो । यसैगरी, आव २०८१/०८२ मा हिउँचितुवा र ब्वाँसोबाट क्षति भएका पीडित किसानलाई चालु आवको मङ्सिर महिनामा दोस्रो चरणको वन्यजन्तु क्षति राहतस्वरूप रु ११ लाख १५ हजार उपलब्ध गराइएको थियो ।

एक्याप लोमान्थाङले आज उपल्लो मुस्ताङका हिउँचितुवा तथा ब्वाँसोको आक्रमणबाट गत वर्ष र चालु आवमा क्षति भएका पशुधनको सम्बन्धित पीडित किसानलाई तेस्रो चरणको क्षति राहत रकम वितरण गरेको जनाएको छ ।

एक्याप कार्यालय लोमान्थाङमा आयोजित वन्यजन्तु क्षति राहत वितरण कार्यक्रममा त्यहाँका २७ घरधुरी पीडित किसानलाई राहतस्वरूप रु १५ लाख ७९ हजार हस्तान्तरण गरिएको हो । क्षति राहत वितरण गरिएको बैंक भौचर एक्याप प्रमुख उमेश पौडेलले सम्बन्धित वन्यजन्तु पीडित किसानलाई हस्तान्तरण गर्नुभएको हो ।

एक्याप लोमान्थाङका अनुसार चालु आवको साउनदेखि चैतसम्मको नौ महिना अवधिमा हिउँचितुवालगायत वन्यजन्तुबाट ६२ वटा घटना घटेको हो । कार्यालय प्रमुख पौडेलले चालु आवमा हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट घोडा १४, च्याङ्ग्रा ९८, भेडा २६ र याक १४ वटा गरी १५२ वटा पशुधनमा क्षति पुगेको बताउनुभयो ।

एक्यापले हिउँचितुवालगायत वन्यजन्तुबाट पशुधनमा भएको हालसम्मको राहत रकम वितरण गरी शून्यमा झारिएको बताउनुभयो । “अब पछिल्ला एकाध घटनाको कागजी प्रक्रियामा छन्, प्रक्रिया पूरा गरिएका सबै पशुधन क्षतिको राहत वितरण गरेर सक्यौँै”, प्रमुख पौडेलले भन्नुभयो, “पशुधन क्षतिको राहत समुदायमा समयमै उपलब्ध गराउनेगरी अघि बढेका छौँ, एक्यापले क्षतिको कागजी पूरा गरेका पशुधनको तीन महिनाभित्रै क्षति राहत वितरण गराइने लक्ष्य राखेको छ ।”

एक्यापले यसपटक उपल्लो मुस्ताङमा घटना घटेको एक वन्यजन्तु पीडितलाई १० दिनमै पशुधनको क्षति राहत उपलब्ध गराएको जनाएको छ ।

गत चैत २१ गते लोमान्थाङ–४ न्याम्डोका पशुपालक किसान घ्याचो गुरुङको सोही वडाको समजुङमा रहेको च्याङ्ग्रा खोरमा हिउँचितुवाले आक्रमण गर्दा २१ च्याङ्ग्रा मरेका थिए । एक्याप लोमान्थाङले उक्त घटनाको पाँच दिनमै कागजी प्रक्रिया पूरा गरी सम्बन्धित पशुपालक किसान गुरुङले राहत रकम उपलब्ध गराएको प्रमुख पौडेलले बताउनुभयो ।

एक्यापले वन्यजन्तु पीडित किसानलाई छिटोछरितो र कागजी प्रक्रिया पूरा गरी राहत रकम उपलब्ध गराउन उच्च प्राथमिकतामा राखेर काम गरेको जनाएको छ ।

हिउँचितुवा र मानवबीच सहअस्तित्व निर्माण गरी परम्परागत पशुपालन व्यवसायको संरक्षण गर्न एक्याप लोमान्थाङले वन्यजन्तुबाट हुने क्षतिको रकम वितरण गर्न राहत कोषसमेत व्यवस्था गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध राहत रकम उपलब्ध हुने समय लाग्ने भएकाले एक्यापले आफ्नै आन्तरिक राहत कोष खडा गरेको हो । यसबाट पीडित किसानले पशुधन क्षतिको राहत पाउँन धेरै समय पर्खिनु नपर्ने प्रमुख पौडेलको भनाइ छ ।

पशुधन क्षति भएको १० दिनमै राहत रकम पाएकामा लोमान्थाङ–४ न्याम्डोका पशुपालक घ्याचो गुरुङ खुसी भएका छन् । राहत रकम पाएकामा गुरुङले भने वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम नियमानुसार राहत पाएको र यसले पशुपालन व्यवसायी अपनाएका किसानलाई थोरै भए पनि सान्त्वना दिलाएको बताउनुभयो ।

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँचितुवा र ब्वाँसोलगायत वन्यजन्तुले स्थानीय पशुपालक किसानले पालेका पशुचौपाया क्षति बनाउने घटनाहरू बढ्दै जान थालेका छन् । एक्याप लोमान्थाङका अनुसार हिउँचितुवालगायत वन्यजन्तुले पछिल्लो तीन आवमा २६ वटा घटना पशुपालकको खोरमा, २५ वटा घटना बस्तीमा र ७० वटा घटना चरन क्षेत्रमा घटेको हो । रासस