• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

साँघुरो सडक बन्यो डम्पिङसाइड



कास्की । पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ । त्यो पनि डम्पिङसाइड बन्न थालेपछि स्थानीयवासी आक्रोसित बनेका छन् ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिम तर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताउनुभयो ।

साँघुरो बाटोका साथै सडकको उत्तर तर्फको केही खाली जग्गामा फोहर र मरेका जनावरसमेत फाल्ने गरेका कारण वातावरण दुर्गन्धित भई सास्ती भोगिरहनुपरेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो ।

प्रदूषणका साथै साँघुरो सडकका कारण दुर्घटना बढेको भन्दै स्थानीयवासीले सडक फराकिलो बनाउन र बाँकी जग्गामा पार्किङको माग गरेपछि वडा नं ५ को कार्यालयबाट सडक डिभिजन कार्यालय पोखरामा पत्राचार गरिसकेको छ । तर पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको स्थानीयवासीको गुनासो छ ।