• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना



काठमाडौँ । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।

नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्टरूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गर्नुभएको थियो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।