१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

नौमती बाजा समुहले चलायो सामाजिक परिवर्तन अभियान

नौमती बाजा समुहले चलायो सामाजिक परिवर्तन अभियान
अ अ+ अ-

काठमाडा । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै महिला नौमती बाजा समुहले महिलालाई वाद्य वाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी अध्यक्ष जानुका पौडेलले यो समुहका महिलाले देशमा पहिलोपटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् । विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाई थियो । उनले भनिन्, हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं ।

पौडेलले पाँच स को अभियान अनुसार ऐतिहासिक संस्कृतिको संरक्षण संवद्र्धन, सामाजिक सम्मान, आत्मबल र आत्मसम्मान अभिवृद्धि, समृद्धिको अभियानमा महिलाको सक्रिय सहभागिता, सामाजिक विकृति विसंगतिको चिरफार गर्दै सुसंस्कृति निर्माणका लागि सन्देश प्रवाह गरिरहेको बताइन् ।

२०६९ सालमा आठमार्च स शक्तिकरण मञ्चमार्फत् स्थापना भई २०७० सालबाट महिलालाई नौमती बाजा तालिम दिन शुरु गरिएको पौडेलको भनाई थियो । त्यस क्रममा पहिलो टोली बिघटन भएको, दोस्रो टोली पलायन, तेस्रो टोलीले विद्रोह गरेको र अहिले दुईवटा टोली सक्रियताका साथ संस्था अन्र्तगत सक्रिय भएको जानकारी दिइन् । तालिम दिने क्रम जारी रहेको पौडेलले बताइन् । उनले भनिन्, सबै किसिमका आरोह र अवरोह पार गर्दै नौमती बाजा समूह निरन्तर सक्रिय छ । तालिम दिने क्रममा एक व्यक्ति बराबर ८० हजार खर्च भएको जानकारी गराउँदै विद्रोह गर्ने कृष्ण क्षेत्रीलगायतको समूहले ऋणमा पारेर गएको पौडेलले बताइन् । महिला नौमती बाजा समुहको इतिहासलाई छोपेर व्यक्तिगत लाभमा केही व्यक्तिहरु सक्रिय भएकाले सचेत रहन आग्रह गरिन् ।

महिलाहरु नौमती बजाएर उत्पादनशील कार्यमा लागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् । बजाउने महिलामा आत्मबल बढिरहेको र बजाएको देख्नेहरुमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाई थियो । समाजमा सही सन्देश जाँदा आफूहरु उत्साहित भएको बताइन् ।

प्रशिक्षणका लागि आर्थिक खर्च, तालिमका लागि सही स्थानको अभाव र तालिम लिंदा र लिइसकेपछि प्रशिक्षण लिनेहरुलाई टिकाउनै कठिन हुनेगरेको अनुभव सुनाइन् । विद्रोह गर्ने र धोका दिनेहरुका कारण केही समस्या भएपनि चुनौतीसँग लडेर अगाडि बढ्ने बताइन् । सबै किसिमको चुनौतीका बाबजुद महिला नौमती बाजा समुह निरन्तर सक्रिय भइरहेको उनको भनाई छ ।

विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरुको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोह देखि विशेष कार्यक्रममा आफूहरुले नौमती बाजाको प्रस्तुती गर्ने गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नौमति बाजा समुहले वाद्य वाधन र गायन कला समेत प्रदर्शन गरेको थियो ।