• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्दै नबसी स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै नबसी शुक्रबारसम्म स्थगित भएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बैठकमा उपस्थित नहुँदा पुस ४ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने स्थगित भएको हो ।

केन्द्रीय समिति बैठकमा नगएका पूर्वमहामन्त्री सिटौला र बरिष्ठ नेता पौडेलबीच बुधबार दिउँसो बोहराटारमा छलफल भएको थियो।

बरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेका छन्। सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडानमा पौडेल छन्।

सभापति देउवा पक्षले समायोजनको काम पूरा नभएकोले अहिले नै कार्यतालिका ल्याउन नसकिने बताउँदै आएको छ। देउवा पक्ष २०७७ फागुनमा महाधिवेशन गर्नेमा सहमत देखिन्छ।

तर पौडेल पक्षले आउँदो मंसीरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ भने अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने बताएको छ।