• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट ★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु ★   दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन ★   ‘चेन्नईको भगवान’ भन्दै धोनीको मन्दिर बनाउन माग ★   यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की

पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध



कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत भाषी सडक खण्ड अवरुद्ध भएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्र्ति र सवारी चालकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै सो सडकखण्ड आज अवरुद्ध गरिएको हो ।

भीमदत्तनगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मङ्गलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।

मृतकका परिवार र स्थानीयवासीले सो सडकखण्डमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँले मृतकको शव महाकाली अस्पतालमा परीक्षण र राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।