१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु
अ अ+ अ-

काठमाडौं । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ । बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरेको हो । यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइजर फाउण्डर कमल निकोन क्षेत्रीले जानकारी गराए । उनका अनुसार काठमाडौं, भक्तपुर, इटहरी, धरान, विराटनगर, पोखराबाट ३५ जना छनोट गरिने छ ।

ओपेरा रेष्ट्रो एण्ड ब्यानक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वल्र्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजु निर्णयक रहेका थिए भने अतिथिहरुमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायतका रहेका थिए । छनोट चरणको कार्यक्रममा गायक प्रितम आचार्य र सुजन मार्फ तामाङले आ(आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको कोरियोग्राफरमा सुमन खड्का रहेकी छन् भने हेयर एण्ड मेकअप स्पर्श व्युटी इन्स्टिच्युट भक्तपुर रहेका छन् । आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने कमलले जानकारी गराए । उनकाअनुसार प्रतिस्पर्धीहरुलाई ट्रेनिङको लागि थाइल्याण्ड बाटनै प्रशिक्षक आउनेछन् भने अन्तर्राष्ट्रिय मोडलसमेत सहभागी गराईने छ ।

सुपर मोडल, मेघा मोडल र फेशन मोडल जस्ता विभिन्न विधामा प्रतियोगिलाई सहभागी गराइने यो प्रतियोगिताका विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनुका साथै म्युजिक भिडियो, वेव सिरिज, डकुमेन्ट्री, फिल्म, विज्ञापनलागयतमा सहभागी गराईने कमल निकोन क्षेत्रीले बताए । प्रतियागितामा ३.५ देखि १७ वर्ष उमेर समुहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।