१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन



अ+ अ-

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार हुनुपर्छ भन्नुभयो ।

पोखरामा सागका केही खेल सम्पन्न हुनुले यहाँको गरिमा र महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिनुभयो ।
पोखरा म्याराथनको १४ औँ संस्करण सम्बन्धमा उहाँलाई जानकारी दिइएको थियो । मञ्चका अध्यक्ष तेज गुरुङले आगामी फागुन ३ गते हुने १४ औँ संस्करणको पोखरा म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमा वृद्धि गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।