१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी र सरकारी वकिलहरुको सम्मेलन हुने



अ+ अ-

काठमाडौं । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो सम्मेलन पौष ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई एकै ठाउँमा जम्मा गरी अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्ने तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य सहित महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । सम्मेलनको समुद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नुहुने छ भने न्याय प्रशासनसँग सम्बन्धित सबै निकायका उच्च तहका पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले फौजदारी न्याय प्रणाली र प्रशासनसँग सम्बन्धीत सम्मेलन भएकाले न्यायीक कार्यहरुसँग जोडिएका सबै पक्षको समस्टिगत सहभागिता रहने बताउनुभयो । सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधिसहरुको समेत सहभागिता रहने हुँदा विद्यमान कानूनी व्यवस्था र दैनिक जीवनमा आएका घटना र समस्याहरुमाथि छलफल हुने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकीलहरुसँग भएका कानूनी र व्यवहारीक अनुभवहरुको विश्लेषण सम्मेलनमा हुने बताउनुभयो । उहाँले सम्मेलनबाट आगामी दिनमा गरिने अनुसन्धानलाई थप प्रभावकारी बनाउन सकिने आधारहरु आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

तीन दिन सम्म सञ्चालन हुने सम्मेलनमा ३ सय २० जना अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु, २ सय ७० जना अभियोजनकर्ता सरकारी वकिलहरु र ३५ जना पर्यवेक्षकहरु सहित ६ सय २५ जनाको सहभागिता रहनेछ । सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्था, मुलुकी फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था लगायतका विषयमाथि छलफल हुने छ ।