१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले जनजीवन कष्टकर, ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइयो



अ+ अ-

सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ ।

अत्यधिक चिसोका कारण विद्यालयमा पनि कम बालबालिका उपस्थित हुने गरेको छ । गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् । चिसोका कारण रुघाखोकी, निमोनिया, झडापाखाला, दमजस्ता बिरामी बढ्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा नागेन्द्र यादवले जानकारी दिनुभयो ।

अरु बेलाको तुलनामा जिल्ला अस्पताल सिरहा, रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा अन्य निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य क्लिनिकमा रुघाखोकी, निमोनिया, दम तथा झाडापखालाका बिरामीको चाप बढेको जिल्ला अस्पतालले जनाएको छ ।

चिसोबाट जोगिन जिल्लाको ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको र शीतलहरबाट पीडितलाई न्यानो लुगा वितरण गर्न स्थानीय तहसँग समन्वय भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।