९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले जनजीवन कष्टकर, ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइयो



अ+ अ-

सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ ।

अत्यधिक चिसोका कारण विद्यालयमा पनि कम बालबालिका उपस्थित हुने गरेको छ । गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् । चिसोका कारण रुघाखोकी, निमोनिया, झडापाखाला, दमजस्ता बिरामी बढ्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा नागेन्द्र यादवले जानकारी दिनुभयो ।

अरु बेलाको तुलनामा जिल्ला अस्पताल सिरहा, रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा अन्य निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य क्लिनिकमा रुघाखोकी, निमोनिया, दम तथा झाडापखालाका बिरामीको चाप बढेको जिल्ला अस्पतालले जनाएको छ ।

चिसोबाट जोगिन जिल्लाको ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको र शीतलहरबाट पीडितलाई न्यानो लुगा वितरण गर्न स्थानीय तहसँग समन्वय भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।