१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै

पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै
अ अ+ अ-

कञ्चनपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ ।

थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राख्ने कार्य अगाडि बढाइएको छ ।

थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राख्नका लागि १२ वटा थारु गाउँका वडघरलाई जिम्मा दिइएको थारु सङ्ग्रहालय तदर्थ समितिका सचिव भागीराम चौधरीले बताउनुभयो । “भ्रमण वर्ष शुरु हुनुअगावै सबै सामग्रीको व्यवस्था गरी सङ्ग्रहालयमा राख्छौँ”, उहाँले भन्नुभयो, “थारु समुदायको नयाँ वर्ष माघीदेखि सङ्ग्रहालयको समुद्घाटन गरी पर्यटकका लागि खुला गरिन्छ ।”

उहाँका अनुसार सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्रि, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिने छन् । यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्की लगायतका सामानको जोहो गर्नका लागि थारु समुदायका अगुवालाई परिचालन गरिएको छ ।

लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिने छ । “सङ्ग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, बिच्छयालगायत राख्नका लागि थारु समुदायलाई दान गर्न भनेका छौँ” चौधरीले भन्नुभयो, “दानमा आएका गहनासहित अपुग गहना वडा कार्यालयले खरिद गर्ने अश्वासन दिएको छ ।”

गहना र अन्य सामान सङ्कलनको कार्य शुरु गरिएको उहाँले बताउनुभयो । थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छासमेत सङ्ग्रहालयमा राख्नका लागि व्यवस्था गरिएको छ ।

“परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणका लागि सामग्री जुटाउन थालेका छौँ”, थारु सङ्ग्रहालय तदर्थ समितिका अध्यक्ष पल्टा चौधरी भन्नुभयो, “हराउँदै गएको थारु संस्कृति र सामग्री हेर्न नपाएकाका लागि सङ्ग्रहालयमा सामग्रीको जोहो गर्छांै ।”

“यस कार्यले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ नै । थारु संस्कृति र चालचलन जोगाउनसमेत मद्दत पुग्छ”, वडाध्यक्ष बहादुर महराले भन्नुभयो, “थारु सङ्ग्रहालय सञ्चालनमा ल्याउनका लागि आवश्यक सामग्रीको जोहो गर्नका लागि थारु अगुवालाई खटाइसकेका छौं ।” “खरिद गरेर बनाउनु पर्ने सामग्रीका लागि सहयोग रकम उपलब्ध गराउन तत्पर छौँ”, उहाँले भन्नुभयो, “जिल्लामै पहिलो थारु सङ्ग्रहालय सञ्चालनमा ल्याउनका लागि कुनै कसर बाँकी राख्दैनौँ ।”

भल्का थारु समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ । भल्कामा रहेको कुण्डमा पानीमाथि उफ्रने गर्दछ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा गर्मी हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । माघीका बेला कुण्डको पानीले नुहाएमा चर्मरोग निको हुने जनविश्वास छ ।

यहाँ स्वच्छ मनले भाकल गरेमा निःसन्तानले सन्तानको प्राप्ति गर्ने र मन पराएको युवतीसँग विवाह हुने स्थानीय बासिन्दाको भनाइ छ ।