• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन



कञ्चनपुर । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन ।

६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिनुभयो । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन् । ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन् ।

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन् । चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका छन् । तीमध्ये ४९ जना चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक,नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिनुभयो । अस्पतालको सरसफाइमा अहिले ठेकेदारमार्फत एक सयजना कार्यरत रहेका छन् । क्रमशः अस्पताल विस्तार हुँदै जाँदा सोही प्रक्रियामा सङ्ख्या थप्दै लैजानुपर्ने प्रस्ताव अस्पतालले गरेको छ ।

अस्पतालमा वार्षिक रुपमा तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरङ्ग सेवा लिन आएको उहाँले जानकारी दिनुभयो ।
चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । अस्पतालमा १९ वटा विभाग सञ्चालमा रहेको छ । काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा यस अस्पताललाई चिनिने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए ।

मन्त्रिपरिषद्को गत फागुन ३ गतेको बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो । थियो । प्रदेश सांसद विजय सुवेदी अस्पताल केन्द्रीय भए पनि सुविधा प्राप्त गर्न नसकेको हुँदा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति केन्द्रीय अस्पताल सरह हुनुपर्छ भन्नुभयो । यस अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन सरकारले निर्णय गरेको भए पनि काम हुन नसकेको उहाँले बताउनुभयो ।