• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

प्रहरी नायब निरीक्षक पक्राउ



काठमाडौं । सशस्त्र प्रहरी बलले तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल छन् ।

सशस्त्र प्रहरीका अनुसार, सिलवाल १० वर्षअघि भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका थिए । तालिम २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो । तर, उनी तालिम सकिएपछि पनि लुकेर अमेरिकामै बसे ।

उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउपछि आइतबार उनलाई महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार पठाइएको छ ।