• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि – उपाध्यक्ष ढकाल




काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् । पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने– नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी नगर्दासम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन गाह्रो पर्छ ।


नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै उनले भने– देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेका छन् भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।


उपाध्यक्ष ढकालले तर पनि नयाँ संरचनासँगै निजी क्षेत्रसँग कामगर्ने सरकारी संयन्त्रको मानसिकता भने पुरानो भएकोले राजीतिक संरचनामा परिवर्तनसँगै काम गर्ने पुरानो ‘माइन्ड सेट’ मा पनि परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए । उनको भनाई थियो– यस समयमा राजनीतिक नेतृत्वमा विकास निर्माणको इच्छाशक्ति देखिन्छ तर पनि कामगर्ने पुरानो मानसिकताको राज्य संयन्त्रका कारण निजी क्षेत्रका उद्यमीहरुलाई भने सोँचेबमोजिम उत्साहित बनाउन सकिरहेको छैन, त्यसैले यो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ ।


उनले यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिने र स्थानीय स्तरमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन हुने अवसर दिनुपर्ने सुझाव पनि दिए । उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको सही र सफल कार्यान्वयनका लागि सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।