२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौमती बाजामा महिलाको आकर्षण



अ+ अ-

काठमाडौँ । महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको एउटा समूहले नौमती बाजामार्फत समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् ।

उनीहरुले परम्परागत पञ्चैबाजाको संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनका अभियानमार्फत अघि बढेका हुन् । नौमती बाजा पञ्चेबाजाको ठूलो रुप हो । यसमा अन्य चार थान सहनाइ र दमाहा थपिएका हुन्छन् । पञ्चेबाजामा दमाह, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ रहेका छन् ।

नौजना बाध्यबादक लोक कलाकारले सुर र ताल मिलाएर एकै पटक बजाइने भएकाले यो बाध्य समूहलाई नौमतीबाजा भनिएको हो । नौमती बाजा समूहकी अध्यक्ष जानुका पौडेलले सांस्कृतिक क्षेत्रमा महिलाको सहभागिता र लोपोन्मुख बाजाको जगेर्ना गर्न अभियान सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

नौमती बाजा समूहले २०७० सालबाट महिलालाई तालीम दिन थालेको छ । नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ ।