२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी मुद्दाका फरार अभियुक्त दुई पक्राउ



अ+ अ-

हातहतियार खरखजाना तथा चोरी मद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले हातहतियार तथा खरखजाना मुद्दामा फरार सिरहा नगरपालिका २१ का २८ वर्षीय रामपृत पासवानलाई पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–१२ लकडिगोठमा लुकीछिपी बसिरहेका बेला पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा फरार सिरहा नगरपालिका–२२ का २१ वर्षीय पप्पुकुमार यादवलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।