१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति
अ अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ ।

करोडौँ रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन । समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न हुने स्थानीयवासीको बुझाइ छ । समिति सदस्यविहीन बनेका कारण कसरी पर्यटक भित्र्याउने भन्ने चिन्ता स्थानीयवासीमा छ । पर्यटन वर्ष मनाउने समय नजिकिँदै गर्दासमेत समिति गठन नहुँदा स्थानीय आक्रोशितसमेत बन्न थालेका छन् ।

समितिविहीन भएको दुई वर्ष पुग्दासमेत यहाँको प्रदेश सरकारले अहिलेसम्म समिति विस्तार गर्न सकेको छैन । समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय करिब करिब निष्क्रिय अवस्थामा रहेको छ । दुई वर्षदेखि कार्यालयबाट कुनै पनि कामकाज हुन नसकेको स्थानीयवासी बताउँछन् । समिति नबनेका कारण कर्मचारीले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७४÷०७५ मा कर्मचारीले तलब खान पाए, अहिले समिति नबन्दा तलब नै खाना पाइएको छैन ।” समितिको कार्यालयमा पाँचजना कर्मचारी करारमा नियुक्त भए पनि तलब नपाउँदा निकै समस्या भएको उहाँको गुनासो छ । करारमा नियुक्त भएका कर्मचारीमा शाखा अधिकृत प्रेम कुँवर, सवइञ्जिनीयर दिपेश महतरा र कार्यालय सहयोगी धनबहादुर सिंह, शशी सिंह र लोक रावल रहेका छन् ।

नेपाल सरकारबाट राजनीतिक नियुक्ति हुने कार्य समितिको समयावधि सकिएको पनि एक वर्षभन्दा बढी भएकोे छ । गएको असोज महिनामा समितिको समयावधि सकिएको हो । कार्यकारी निर्देशकमा नियुक्त भएर आउनुभएका यम कुँवर भ्रष्टाचार तथा अनियमितताको आरोप लागेर नियुक्ति बदर भएपछि अहिलेसम्म कार्यकारी निर्देशकको पनि नियुक्ति हुन सकेको छैन ।

पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ । प्रदेश सरकारको गत वर्षको चैत १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश–२०७५’ स्वीकृत भए पनि अहिलेसम्म न समिति चयन भएको छ, नत कार्यकारी निर्देशक नै पठाइएको छ । समितिको गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि प्रदेश सरकारले वास्ता नगरेका कारण खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिङ्ग अवस्थामा हुन पुगेको सिलगढीका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले समिति तथा निर्देशक छनोट नगर्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिङ्ग हुँदैछ, यसरी पर्यटन वर्ष २०२० कसरी सफल होला र रु” उता सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “समिति गठन गर्ने तयारी भइरहेको छ, चाँडै नै खप्तडले पूर्ण समिति पाउने छ ।” खप्तड पर्यटन विकास समिति वर्षौंदेखि निष्क्रिय भएपछि सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षौंसम्म समिति निष्क्रिय राख्नु राम्रो होइन । खप्तड क्षेत्रको विकास गर्ने हो भने चाँडो समिति र निर्देशक चयन गर्नु जरुरी छ ।” लामो समयदेखि खप्तड पर्यटन विकास समितिका सदस्य तथा निर्देशक चयन नहुँदा पर्यटन भ्रमण वर्ष २०२० मा खप्तड क्षेत्रमा खासै पर्यटन ल्याउन नसकिने सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष दीपकबहादुर खड्काको भनाइ छ । उहाँले भन्नुभयो, “हामी पर्यटन वर्ष २०२० मनाउने तयारीमा छौँ, हाम्रो क्षेत्रको प्रमुख पर्यटकीयस्थल खप्तड पर्यटन विकास समितिमा पदाधिकारी र निर्देशक नै छैनन्, कसरी पर्यटक ल्याउन सकिन्छ ।”

त्यस्तै खप्तड पर्यटन विकास समितिमा करोडौँ भ्रष्टाचार भएको भन्दै अहिले व्यापक चर्चा हुन थालेको छ । खप्तडको विकासका लागि आएको रु ५५ करोड रकम कुनै विकासको काममा प्रयोग नगरी भ्रष्टाचारमा सकिएको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका छन् ।