२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश



अ+ अ-

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ ।

प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गर्नुभएको हो ।

जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गर्नुभएका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत हुनुहुन्छ ।

सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्नुहुने प्रतिष्ठानको ऐनको प्रावधान रहेको छ । शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।