१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

गुम्बा मर्मत र पुनःनिर्माण अझै शुरु भएन

गुम्बा मर्मत र पुनःनिर्माण अझै शुरु भएन
अ अ+ अ-

सिन्धुली । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा रहेका ४१ गुम्बामा क्षति पुर्याएको थियो । ती गुम्बामध्ये १८ गुम्बाको मर्मत र २३ गुम्बाको पुनःनिर्माण गर्नुपर्ने भए पनि हालसम्म कुनै काम शुरु हुनसकेको छैन ।

केही समयअघि मर्मत गर्नुपर्ने भनी प्राविधिक अध्ययनले देखाएका १८ गुम्बाको मर्मतका लागि बजेट आएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका निमित्त आयोजना प्रमुख सूर्यप्रकाश विष्टले बताउनुभयो ।

हरिहरपुरढी गाउँपालिका–१ मा रहेको दोर्जे छेवा गुम्बा मर्मत गर्न रु पाँच लाख, वडा नं ३ मा रहेको उग्यानी छ्योइफेल गुम्बा मर्मत गर्न रु तीन लाख, वडा नं ५ मा रहेको पेमा थर्पालिङ गुम्बा मर्मत गर्न रु पाँच लाख, वडा न। ५ मै रहेको समलिङ तीर्थ गुम्बा मर्मत गर्न रु १० लाख र वडा नं ७ मा रहेको देछेन गुम्बा मर्मत गर्न रु १० लाख सरकारले पठाएको छ ।

यस्तै मरिण गाउँपालिका–३ मा रहेको ज्याङ्तेर पेमा गुम्बा मर्मत गर्न रु तीन लाख, वडा नं ५ मा रहेको उर्गेन पेमा छ्योइलिङ गुम्मा मर्मत गर्न रु तीन लाख, घ्याङलेक गाउँपालिका–४ मा रहेको टासी छ्योइलिङ गुम्बा मर्मत गर्न रु तीन लाख र वडा नं ४ मै रहेको अर्को पेमा देछेन गुम्बा मर्मत गर्न रु पाँच लाख आएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख विष्टका अनुसार कमलामाई नगरपालिका–२ मा रहेको रिवोपोताला गुम्बा मर्मत गर्न रु १० लाख, वडा नं ६ मा रहेको शेरव होइसल लिङगोन्पा (पेमा छोइलिङ गुम्बा) मर्मत गर्न रु पाँच लाख, वडा नं ७ मा रहेको उर्गेन छ्योलिङ गुम्बाको मर्मत गर्न रु तीन लाख, वडा नं ७ मै रहेको ओरग्यान थरवोलिङ गुम्बा मर्मत गर्न रु १० लाख, वडा नं ८ मा रहेको टासी घोले गुम्बा मर्मत गर्न रु तीन लाख, वडा नं ९ पन्नेसीमा रहेको टाँसी छ्योइलिङ गुम्बा मर्मत गर्न रु पाँच लाख, दुधौली नगरपालिका–१३ मा रहेको उर्गेन छेपेमा गुम्बा मर्मत गर्न रु पाँच लाख, वडा नं १४ मा रहेको टासी पेमा छ्योलिङ बौद्ध गुम्बा मर्मत गर्न रु पाँच लाख र ङग्छयाङ शाक्य स्हाङपो झयाङतेर ञिङमा गुम्बा मझुवा मर्मत गर्न रु पाँच लाख विनियोजन गरिएको छ ।

यता दुधौली नगरपालिका–१४ मा रहेको टासी पेमा छ्योलिङ बौद्ध गुम्बा विसं २०७२ को भूकम्पले क्षति पुर्याइ मर्मत गर्न भन्दै सरकारले बजेट पठाएको भए पनि आफूलाई थाहा नभएको टासी पेमा छ्योलिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका सदस्य मानबहादुर तामाङले बताउनुभयो । गुम्बाको मर्मत गर्न पैसाको आवश्यकता रहेकाले गाउँलेसँग पैसा उठाएर बनाएको गुम्बा भूकम्पले क्षति पुर्याएपछि मर्मत तथा निर्माण गर्न सकिने अवस्था नै नरहेको उहाँले जानकारी दिनुभयो ।

कमलाई नगरपालिका–७ मा रहेको बुद्धनगरमा रहेको उर्गेन छोइलिङ गुम्बा मर्मत गर्न रु तीन लाख पठाइएको तर हालसम्म पनि कुनै प्रक्रिया भएको छैन । गुम्बा व्यवस्थापन समितिलाई उपभोक्ता समिति बनाई आवश्यक निर्णय गरेर भनिए पनि हालसम्म उपभोक्ता समिति गठन नभएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घिसिङले बताउनुभयो ।

यस्तै जिल्लामा भूकम्पले ४१ गुम्बामा क्षति पुगेको पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कमा देखिन्छ । तर भूकम्पपछिका यतिका वर्ष हुँदासमेत हालसम्म मर्मत तथा पुनःनिर्माणको काम शुरु हुनसकेको छैन । भर्खरै मर्मत गर्नुपर्ने भनी प्राविधिक अध्ययनले देखाएका १८ गुम्बाको मर्मतका लागि बजेट आएको भए पनि २३ गुम्बाको पुनःनिर्माण गर्न बजेट नै नआएको निमित्त आयोजना प्रमुख विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी रहेका २३ गुम्बाको पुनःनिर्माण गर्नुपर्ने भए पनि ती गुम्बाको पुनःनिर्माणका लागि बजेट नै विनियोजन भएको छैन । उक्त गुम्बा पूर्णरूपमा क्षति भए पनि पुनःनिर्माण गर्न स्रोतको सुनिश्चितता नहुँदा अझै कहिले बन्ने भन्ने अन्योल छ । पुनःनिर्माण गर्नुपर्ने गुम्बालाई भारत सरकारले सर्तसहितको बजेट दिने भएपछि नेपाल सरकारले बजेट अस्वीकार गरेको थियो ।

विष्टका अनुसार भारत सरकारले पुनःनिर्माण गर्नुपर्ने गुम्बाको निर्माण भारतकै जनशक्ति, सामग्री र भारतले नै ठेक्कामा पुनःनिर्माण गर्न पाउने शर्तसहित बजेट आउने भएपछि नेपाल सरकारले उक्त बजेट अस्वीकार गरिदिएको थियो । हाल गुम्बा निर्माणमा बजेट विनियोजन नहुँदा पुनःनिर्माण अन्योलमा परेको छ ।