१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैदलयात्रीको मृत्यु



अ+ अ-

बनियानी । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने बस, बसचालक पर्सा गढी नगरपालिका–९ का ३९ वर्षीय वेदबहादुर सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।