१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो वडा अभियान



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालित छ । सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना छ । हालसम्म २०० सडकबत्ती जडान गरिएका वडाध्यक्ष खिमराज सापकोटाले बताउनुभयो ।

गत आवमा सडकबत्तीका लागि वडाले रु एक लाख बजेट छुट्याएको थियो । चालू आवमा पनि रु एक लाख बजेट छ । “वडाभित्रका सबै सडकलाई उज्यालो बनाउँदैछौँ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो, “टोल र सार्वजनिकस्थलमासमेत बत्ती पुग्छ ।”

1877486a

टोल–टोलमा मिटरबक्स जडान गरी स्थानीयवासीले नै महसुल तिर्ने व्यवस्था मिलाइएको छ । यो वर्ष थप १०० सडकबत्ती जडान गरिने वडाले जनाएको छ । भिरलाङ्खुरीलगायत केही टोलका सडकमा बत्ती जोड्न बाँकी छ । वडाले खम्बा र बत्तीको जडान खर्च व्यहोर्दै आएको छ । उज्यालो वडा अभियानमा जनसहभागिता जुटाइएको छ । बत्ती खरीद र महसुल टोलीवासीले नै तिर्छन् ।

सडकमा चौबिसै घण्टा उज्यालो हुँदा दुर्घटनादेखि गलत क्रियाकलाप न्यूनीकरणमासमेत टेवा पुग्ने विश्वास लिइएको छ । वडाभित्रै पर्ने धार्मिक पर्यटकीय गन्तव्यस्थल पञ्चकोट आउजाउ गर्ने भक्तजन, पर्यटकलाई पनि उज्यालो वडा अभियानले लाभ पुर्याउनेछ ।