१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार

उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
अ अ+ अ-

पोखरा । चाँदी जस्तै टलक्क टल्केका माछापुच्छे, अन्नपूर्णलगायतका हिमशृङ्खलासँग आँखा जुधाउँदै आँगनमा छचल्किइरहेको फेवातालसहित पोखराको रमणीय दृश्य हेर्दा कसैको पनि मन प्रफुल्ल हुन्छ । पर्यटकीय नगरी पोखराको फेवाताललाई काखमा लिइरहेको विश्वशान्ति स्तूपा र पुम्दीकोटबाट देखिने रमणीय दृश्यले यो क्षेत्र यतिखेर स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ ।

कास्कीको साविक पुम्दीभुम्दी गाविस वडा नं १ स्थित अनदुडाँडा २०५६ सालअघि खासै चर्चामा थिएन । यस ठाउँमा २०५६ सालमा विश्व शान्ति स्तूपा स्थापना भएपछि भने यो पोखराको एउटा विशिष्ट पर्यटकीय आकर्षण बन्न पुगेको हो । विश्वशान्ति स्तूपा स्थापना भएसँगै त्यसयता पर्यटक लक्षित पूर्वाधारले गति लिनुका साथै पोखरा आउने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको हो ।

गौतमबुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्माण गरिएको विश्वशान्ति स्तूपा पोखराको मुख्य बजार क्षेत्रबाट करीब आठ किलोमिटर दक्षिण पश्चिममा छ । कूल ११५ फिट उचाइ तथा ३४४ फिट गोलाई रहेको यो स्तूप करीब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

उत्तरमा माछापुच्छे«, अन्नपूर्ण हिमालसहितको रमणीय हिमशृङ्खला, सराङकोट र काखमा टलटल गरी छचल्किएको फेवातालले यो ठाउँ पर्यटकको रोजाइमा परेको समाजसेवी एवं इलाइट अर्गानिक हाउस, विश्वशान्ति स्तूपाका सञ्चालक राजु क्षेत्रीले बताउनुभयो । विश्वशान्ति स्तूपा निर्माणसँगै बढेको पर्यटकीय आकर्षणका कारण पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणले पनि गति लिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्तूपा क्षेत्रमा मात्रै अहिले पाँच सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालनमा आइसकेका छन् भने रेष्टुरेन्टको सङ्ख्या १० पुगेको छ । त्यस्तै ह्यान्डक्राफ्टका सामान बिक्रीका लागि राखिएका पसल २० छन् भने घरवासेसहित अन्य पसल पनि सञ्चालनमा आएका छन् । “यहाँका होटल तथा गेष्ट हाउसमा बस्न आउने पर्यटक अग्रिम बुकिङ गरेर आउने गरेका छन्,” उहाँले भन्नुभयो, “दैनिकजसो विश्वशान्ति स्तूप आएर घुम्ने र फर्कनेको सङ्ख्या समान्यतः दुई हजारको हाराहारीमा छ ।”

सार्वजनिक बिदाका समयका साथै नयाँ वर्षलगायतका विशेष दिनमा यो क्षेत्र पर्यटकले खचाखच भरिने गरेको उहाँले बताउनुभयो । यहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको कालीमाटीदेखि स्तूपासम्म एक हजार २०० मिटर दूरीको बाटो पार गर्नुपर्छ भने अर्को छोरेपाटन हुँदै साढे तीन किलोमटिरको दूरीमा पुग्न सकिन्छ । त्यस्तै हाइकिङ गरी जानेका लागि फेवातालको बाराहीघाटबाट डुङ्गामार्फत पारी गएर चिसापानी अनदु हुँदै एक घण्टामा पुग्न सकिन्छ ।

त्यस्तै छोरेपाटनबाट पनि एक घण्टा फुट ट्रयाक हुँदै पैदल हिँडेर स्तूपा पुग्न सकिन्छ । रमणीय दृश्यको अवलोकनका साथै जस्तोसुकै तनाव र थकान मेट्न पनि यो ठाउँ उपयुक्त मान्दै एकपटक आइसकेका व्यक्ति पनि पटकपटक आउने गरेका होटल सिद्धार्थ गार्डेन आयुर्वेदाका सञ्चालक ईश्वर थापाले बताउनुभयो । आफूले १० वर्षयतादेखि यस क्षेत्रमा होटेल सञ्चालन गरिरहेको बताउँदै उहाँले विशेष गरी विदेशी पर्यटक अग्रिम बुकिङ गरेर आउने गरेका जानकारी दिनुभयो ।

“होटेलमा आउने विदेशी पर्यटकमध्ये सात÷सात पटकसम्म आएर बसेका छन्”, उहाँले भन्नुभयोे, “यहाँबाट देखिने मनोरम हिमाली दृश्य, फेवाताल, रानीवनसहित पोखराको रमणीय दृश्यले पर्यटकलाई निकै लोभ्याएको छ ।” पर्यटकको राम्रो आकर्षण बढ्दै गए पनि अत्यावश्यकीय पूर्वाधार निर्माणमा भने राज्यले चासो नदिएको यहाँका पर्यटन व्यसायीको गुनासो छ ।

पर्यटकको बढ्दो आगमन र उनीहरूले बाटोका कारण दुःख पाएको वास्तविकतालाई आत्मसात् गर्दै पर्यटन व्यवसायी र स्थानीयको विशेष सक्रियतामा सिद्धार्थ राजमार्गअन्तर्गतको कालीमाटी चोकबाट विश्वशान्ति स्तूपा पुग्ने एक हजार २०० मिटर बाटो कालोपत्र गर्ने काम २०६५ मा शुरु गरी २०६७ मा सम्पन्न भएको थियो । स्थानीयवासी, पर्यटन व्यवसायीलगायत सबैको साथ र सहयोगमा रु ३० लाखको लागतमा बाटो कालोपत्र गरिएको तत्कालीन कालीमाटी शान्ति स्तूपा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनुभयो ।

विश्वशान्ति स्तूपा र आसपासमा बन्दै गरेका पूर्वाधारका साथै नजिकैको पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्तिले आगामी दिनमा यस क्षेत्रमा पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास लिइएको छ । सामुदायिक तथा निजी क्षेत्रबाट पर्यटन लक्षित पूर्वाधार निर्माणमा धमाधम अग्रसरता देखाइरहेका अवस्थामा यहाँ जाने बाटोका लागि भने राज्यले चासो नदिएको स्थानीयको गुनासो छ ।

विशाल महादेव मूर्तिसहितका संरचना निर्माणका लागि जनस्तरबाट गरिएको पहलकदमीले पुम्दीकोटमा पूर्वाधार निर्माणले गति लिइरहेको र हालसम्म झण्डै रु १० करोडको लागतका काम सम्पन्न भइसकेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । झण्डै रु ४० करोडकोे लागतामा पुम्दीकोटमा विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको र मूर्ति राख्ने स्थान तयार भइसकेका कारण आगामी चैतसम्ममा मूर्ति राखिने बरालले जानकारी दिनुभयो ।