१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कैदीबन्दीलाई स्वास्थ्य परीक्षणमा समस्या

कैदीबन्दीलाई स्वास्थ्य परीक्षणमा समस्या
अ अ+ अ-

दमौली । तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

कारागारमा स्वास्थ्य सहायकको दरबन्दी रहेको छ । “ यहाँ कार्यरत स्वास्थ्यकर्मी गत असोजमहिनादेखि समायोजन पछि अन्यत्र जानुभएको र यसपछि अर्का स्वास्थ्यकर्मी नआएका कारण कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।” कारागारका सूचना अधिकारी नारायण अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार अहिले कैदीबन्दीलाई दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लैजानुपर्ने बाध्यता परेको छ । चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ ।

पैतीस जनाको क्षमता रहेको कारागारमा हाल कैद तोकिएका ६९ र कैद नतोकिएका ७८ गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरु देखिने गरेको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीका नाइके विष्णुहरि घिमिरेले स्वास्थ्यकर्मीको अभावमा कारागारमा स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या परेको गुनासो गर्नुभयो ।