१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दीलाई स्वास्थ्य परीक्षणमा समस्या



अ+ अ-

दमौली । तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

कारागारमा स्वास्थ्य सहायकको दरबन्दी रहेको छ । “ यहाँ कार्यरत स्वास्थ्यकर्मी गत असोजमहिनादेखि समायोजन पछि अन्यत्र जानुभएको र यसपछि अर्का स्वास्थ्यकर्मी नआएका कारण कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।” कारागारका सूचना अधिकारी नारायण अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार अहिले कैदीबन्दीलाई दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लैजानुपर्ने बाध्यता परेको छ । चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ ।

पैतीस जनाको क्षमता रहेको कारागारमा हाल कैद तोकिएका ६९ र कैद नतोकिएका ७८ गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरु देखिने गरेको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीका नाइके विष्णुहरि घिमिरेले स्वास्थ्यकर्मीको अभावमा कारागारमा स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या परेको गुनासो गर्नुभयो ।