१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडौँ बग्यो पानी बगेन



अ+ अ-

बाँके । करोडौँ लगानीमा निर्माण भएका खानेपानीका ओभरहेड ट्याङ्की प्रयोगहीन अवस्थामा पुगेका छन् ।

स्थानीयलाई शुद्ध पिउने पानी वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहमा निर्माण भएका ट्याङ्की सदुपयोगमा आउन सकेका छैनन् । तीन वर्ष लगाएर झण्डै पौने दुई करोड लागतमा ओभरहेड ट्याङ्की निर्माण भएका थिए । तर सर्वसाधारणले अहिले पनि पिउने पानी पाएका छैनन् ।

खानेपानी वितरणका लागि पाइप बिछ्याउने काम सम्पन्न भई परीक्षणसमेत भइसकेको छ । नेपालगञ्जको जयसपुरमा चार वर्षअघि खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको थियो । पानी वितरण नगर्दै जयसपुर खानेपानी योजना अलपत्र परेको छ ।

पानी वितरणको तयारी भए पनि बीचमै रोकिएको जयसपुरका मुर्तजा अन्सारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “वितरणका लागि परीक्षण भए पनि हालसम्म काम अघि वढेको छैन । ”

उहाँका अनुसार, जयसपुर खानेपानी योजनाको रेखदेख एक चौकीदारले गर्दै आएका छन् । जयसपुरमा निर्माण भएको योजनाबाट झण्डै एक हजार २०० जनसङ्ख्यालाई खानेपानी पुर्याउने लक्ष्य रहेको थियो ।

दुई सय २५ घनमिटरको ओभरहेड ट्याङ्कीको पानी कम्तीमा एक हजार परिवारलाई पिउने पानी वितरण गर्न सकिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जयसपुरको जस्तै खजुरा गाउँपालिका–१ राधापुरको खानेपानी योजनाले पनि उस्तै नियति भोगिरहेको छ । उक्त योजनाले सर्वसाधारणलाई पिउने पानी वितरण गरे पनि विद्युत् महसुल बुझाउन नसक्दा बन्द भएको छ ।

विद्युत् महसुल बुझाउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको राधापुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवप्रसाद बुढा जानकारी दिनुभयो । उहाँले उपभोक्ताबाट पानीको महसुल उठाउन नसकेपछि विद्युत् महसुल बुझाउन नसकेको स्पष्ट पार्नुभयो ।

कार्यालयका प्रमुख भोलाप्रसाद थापाले सञ्चालन भएका तीन खानेपानी योजना बन्द अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ उपभोक्ताका कारण खानेपानी योजना बन्द भएका हुन । बन्द योजना पुनःसञ्चालन गरिने छ ।”

बाँकेमा निर्माण भइरहेका १० खानेपानी योजना यसै आवमा सक्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ । कुसुमको अम्बा खानेपानी योजना, कुसुम लिफ्ट खानेपानी, बैजनाथको पेडारी र नौबस्ता खानेपानी, कोहलपुरको विराट र शम्शेरगञ्ज, कचनापुर तथा भवनीयापुर खानेपानी योजना यसै आवमा पूरा हुने जनाइएको छ ।

बजेट अपुग भएकाले पाइपलाइन विस्तारको काम पूरा हुन नसकेको बताइएको छ । निर्माण भइरहेका योजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो ।

बाँकेमा बजेट उपशीर्षकअन्तर्गत प्रदेश सरकारको सघन खानेपानी विकास कार्यक्रम, केन्द्रीय सरकारको सशर्त अनुदानअन्तर्गत उच्च प्रविधियुक्त खानेपानी कार्यक्रम र तराई–मधेस खानेपानी सुधार कार्यक्रम सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उच्च प्रविधियुक्तअन्तर्गत ३३ र तराई–मधेसअन्तर्गत २४ र प्रदेश सरकारको बजेटबाट १३ योजना तथा १० आयोजना सञ्चालनमा रहेका छन् ।