१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

करोडौँ बग्यो पानी बगेन

करोडौँ बग्यो पानी बगेन
अ अ+ अ-

बाँके । करोडौँ लगानीमा निर्माण भएका खानेपानीका ओभरहेड ट्याङ्की प्रयोगहीन अवस्थामा पुगेका छन् ।

स्थानीयलाई शुद्ध पिउने पानी वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहमा निर्माण भएका ट्याङ्की सदुपयोगमा आउन सकेका छैनन् । तीन वर्ष लगाएर झण्डै पौने दुई करोड लागतमा ओभरहेड ट्याङ्की निर्माण भएका थिए । तर सर्वसाधारणले अहिले पनि पिउने पानी पाएका छैनन् ।

खानेपानी वितरणका लागि पाइप बिछ्याउने काम सम्पन्न भई परीक्षणसमेत भइसकेको छ । नेपालगञ्जको जयसपुरमा चार वर्षअघि खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको थियो । पानी वितरण नगर्दै जयसपुर खानेपानी योजना अलपत्र परेको छ ।

पानी वितरणको तयारी भए पनि बीचमै रोकिएको जयसपुरका मुर्तजा अन्सारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “वितरणका लागि परीक्षण भए पनि हालसम्म काम अघि वढेको छैन । ”

उहाँका अनुसार, जयसपुर खानेपानी योजनाको रेखदेख एक चौकीदारले गर्दै आएका छन् । जयसपुरमा निर्माण भएको योजनाबाट झण्डै एक हजार २०० जनसङ्ख्यालाई खानेपानी पुर्याउने लक्ष्य रहेको थियो ।

दुई सय २५ घनमिटरको ओभरहेड ट्याङ्कीको पानी कम्तीमा एक हजार परिवारलाई पिउने पानी वितरण गर्न सकिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जयसपुरको जस्तै खजुरा गाउँपालिका–१ राधापुरको खानेपानी योजनाले पनि उस्तै नियति भोगिरहेको छ । उक्त योजनाले सर्वसाधारणलाई पिउने पानी वितरण गरे पनि विद्युत् महसुल बुझाउन नसक्दा बन्द भएको छ ।

विद्युत् महसुल बुझाउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको राधापुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवप्रसाद बुढा जानकारी दिनुभयो । उहाँले उपभोक्ताबाट पानीको महसुल उठाउन नसकेपछि विद्युत् महसुल बुझाउन नसकेको स्पष्ट पार्नुभयो ।

कार्यालयका प्रमुख भोलाप्रसाद थापाले सञ्चालन भएका तीन खानेपानी योजना बन्द अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ उपभोक्ताका कारण खानेपानी योजना बन्द भएका हुन । बन्द योजना पुनःसञ्चालन गरिने छ ।”

बाँकेमा निर्माण भइरहेका १० खानेपानी योजना यसै आवमा सक्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ । कुसुमको अम्बा खानेपानी योजना, कुसुम लिफ्ट खानेपानी, बैजनाथको पेडारी र नौबस्ता खानेपानी, कोहलपुरको विराट र शम्शेरगञ्ज, कचनापुर तथा भवनीयापुर खानेपानी योजना यसै आवमा पूरा हुने जनाइएको छ ।

बजेट अपुग भएकाले पाइपलाइन विस्तारको काम पूरा हुन नसकेको बताइएको छ । निर्माण भइरहेका योजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो ।

बाँकेमा बजेट उपशीर्षकअन्तर्गत प्रदेश सरकारको सघन खानेपानी विकास कार्यक्रम, केन्द्रीय सरकारको सशर्त अनुदानअन्तर्गत उच्च प्रविधियुक्त खानेपानी कार्यक्रम र तराई–मधेस खानेपानी सुधार कार्यक्रम सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उच्च प्रविधियुक्तअन्तर्गत ३३ र तराई–मधेसअन्तर्गत २४ र प्रदेश सरकारको बजेटबाट १३ योजना तथा १० आयोजना सञ्चालनमा रहेका छन् ।