१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

उपचार गर्न हेलिकोप्टर चाटर्ड

उपचार गर्न हेलिकोप्टर चाटर्ड
अ अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाण्डौ जाँदा हेलिकोप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भईरहेको छ ।

कर्णाली प्रदेशको १० वटै जिल्लालाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय सैया छन् । प्रतिष्ठानले सबै जिल्लाका बिरामीलाई उपचार गर्न सक्ने क्षमता पनि राख्दछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हेर्दा कुनै विकसित शहरको मेडिकल अस्पताल भन्दा कम लाग्दैन । तीन बेडको सघन उपचार कक्ष (आइसीयु) पनि सञ्चालनमा छ । मेडिकल कलेजको रुपमा विकास गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेक किसिमका जटिल रोगहरुको पनि उपचार संभव छ । तर छोटो दुरीको प्रतिष्ठानमा उपचार नगराई त्यस क्षेत्रका विरामीलाई सुर्खेत र काठमाण्डौ लैजाने गरिएको र सो क्रममा राज्यकोषको ढुकुटी दुरुपयोग भएको दाबी जिल्ला समन्वय समितिको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिको अनुगमन टोलीसंगको अन्र्तरक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले हेलिकोप्टर चाटर्ड गर्दा राज्यको लाखौं रुपैया दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो । नजिकै सुविधा सम्पन्न अस्पताल हुदा हुदै उपचारको नाममा भएको रकमको दुरुपयोग रोक्ने प्रयास नगरि राज्यले आफ्नो निरिहता देखाएको आरोप पनि उहाँले लगाउनुभयो ।

डोल्पा, हुम्ला लगायतका स्थानबाट आधा घण्टामा प्रतिष्ठानमा हेलिकोप्टरबाट पुग्न सक्ने भएपनि त्यस क्षेत्रका बिरामीलाई सुर्खेत तथा काठमाडौं ल्याईने गरिएको छ । त्यसो गर्दा लामो दुरीका कारण कतिपय विरामीको बाटो मा नै मृत्यु हुने गरेको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन कुमार रोकायले २० जना मेडिकल अफिसर र विशेषज्ञ चिकित्सकहरु सहित २८ जनाले सेवा दिईरहेको बताउनुभयो ।

दुर्गम हिमाली जिल्ला भएकाले प्रतिष्ठानमा विद्युतको समस्या सबैभन्दा बढी छ । विद्युत कै कारण विभिन्न मेडिकल उपकरणहरु सञ्चालनमा समस्या रहेको डा. रोकायले बताउनुभयो । उहाँले हिंउँदमा हिउँ पर्ने र वर्षादको समयमा बाटो अवरुद्ध हुने हुुँदा औषधिको अभाव हुन गई विरामीको उपचारमा कठिनाई हुने गरेको समेत बताउनुभयो । तर पनि चिकित्सकहरुको सावधानी र विज्ञताले जटिल रोगहरुको उपचार तथा सल्यक्रिया पनि भईरहेको उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्र भएकाले प्रतिष्ठानमा विद्युत् आपूर्ति, औषधी, रगत तथा रगतजन्य सामग्रीहरुको अभाव हुँदा बिरामीको उपचारमा बेला बेलामा समस्या देखिने गरेको छ । यस्ता समस्यालाई सम्बोधन गर्दे उपचार संभव भएर पनि ठूलो रकम खर्चेर टाढाको अस्पताल लैजाने प्रवृत्तिको अन्त्य गर्ने तर्फ सरकारले समयमै सोच्नुपर्ने देखिन्छ । अन्यथा प्रतिष्ठान र उपचारको नाममा हेलिकोप्टर चाटर्डमा राज्यकोषबाट हुने दोहोरो खर्च रोकिने देखिदैन ।