१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने

सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताउनुभयो । उहाँले पछिल्लो समय सडकका कारणले भन्दापनि मानविय र यान्त्रीक गडवडीका कारण दुर्घटना हुने गरेको बताउनुभयो । त्यसको नियन्त्रण गर्नेकाम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवस्यक रहेको उहाँले बताउनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम ढ्कालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताउनुभयो । त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको बताउनुभयो । त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखि भन्दा पनि नाफामुखि भई सवारीसाधन चलाउँदा समेत दुर्घटना बढेको उहाँले बताउनुभयो ।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ । यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानविय र यान्त्रीक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो ।