१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध भएको चार दिनपछि फोन सेवा शुरु



अ+ अ-

डोल्पा । चिसोका कारण बिग्रिएको टेलिफोन टावर बनाइएपछि फोन सेवा शुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसीलेकमा राखिएको टावरमा नयाँ आडियु उपकरण जडान गरेसँगै अवरुद्ध भएको चार दिनपछि टेलिफोन सेवा सञ्चालन भएको हो ।

रसीलेकमा राखिएको टावर बिग्रिएपछि सिङ्गो जिल्ला नै चार दिनसम्म टेलिफोन सेवाविहीन भए पनि आज बिहान ११ः०० बजेबाट नमस्ते र स्काइको मोबाइल सेवा, ल्याण्डलाइन सेवा, एडिएसएल इन्टरनेटलगायतका सबै प्रकारका सञ्चार सेवा सञ्चालन भएका छन् ।

टावर आसपासको क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले ओसिएर टावरमा राखिएको माइक्रोवेभ आडियु बिग्रिएपछि मङ्गलबारदेखि जिल्ला सञ्चार सेवाविहीन भएको दूरसञ्चार कार्यालयका प्राविधिक नवराज भट्टराईले जानकारी दिनुभयो । रसीलेकमा राखिएको टावरका लागि नेपालगञ्जबाट नयाँ आडियु उपकरण झिकाएर जडान गरेसँगै आजदेखि जिल्लाको दुनै, जुफाल, खदाङलगायतका क्षेत्रमा राखिएका टेलिफोन टावरबाट पनि फोन सेवा सञ्चालन भएको उहाँले बताउनुभयो ।

जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई÷तीनपटक र हप्ता दिनसम्म पनि टेलिफोन सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई जिल्लावासीले आग्रह गरेका छन् ।