२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध भएको चार दिनपछि फोन सेवा शुरु



अ+ अ-

डोल्पा । चिसोका कारण बिग्रिएको टेलिफोन टावर बनाइएपछि फोन सेवा शुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसीलेकमा राखिएको टावरमा नयाँ आडियु उपकरण जडान गरेसँगै अवरुद्ध भएको चार दिनपछि टेलिफोन सेवा सञ्चालन भएको हो ।

रसीलेकमा राखिएको टावर बिग्रिएपछि सिङ्गो जिल्ला नै चार दिनसम्म टेलिफोन सेवाविहीन भए पनि आज बिहान ११ः०० बजेबाट नमस्ते र स्काइको मोबाइल सेवा, ल्याण्डलाइन सेवा, एडिएसएल इन्टरनेटलगायतका सबै प्रकारका सञ्चार सेवा सञ्चालन भएका छन् ।

टावर आसपासको क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले ओसिएर टावरमा राखिएको माइक्रोवेभ आडियु बिग्रिएपछि मङ्गलबारदेखि जिल्ला सञ्चार सेवाविहीन भएको दूरसञ्चार कार्यालयका प्राविधिक नवराज भट्टराईले जानकारी दिनुभयो । रसीलेकमा राखिएको टावरका लागि नेपालगञ्जबाट नयाँ आडियु उपकरण झिकाएर जडान गरेसँगै आजदेखि जिल्लाको दुनै, जुफाल, खदाङलगायतका क्षेत्रमा राखिएका टेलिफोन टावरबाट पनि फोन सेवा सञ्चालन भएको उहाँले बताउनुभयो ।

जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई÷तीनपटक र हप्ता दिनसम्म पनि टेलिफोन सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई जिल्लावासीले आग्रह गरेका छन् ।